मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एक वर्ष पुगेपछि ‘बोल्ड डिसिजन’ लिन्छु :प्रचण्ड

एक वर्ष पुगेपछि ‘बोल्ड डिसिजन’ लिन्छु :प्रचण्ड

न्यूजस्टोरी

काठमाडौं, ६ पुस । प्रधानमन्त्री प्रचण्डले कार्यकालको एक वर्ष पुगे लगत्तै ‘बोल्ड डिसिजन’ लिने बताउनुभएको छ । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा निर्माण सम्पन्न चार सय केभी। इनरुवा जीआईस सबस्टेसन उद्घाटनको क्रममा आज उहाँले यस्तो बताउनु भएको हो ।

उहाँले प्रधानमन्त्री बनेको एक वर्ष पूरा भइसकेपछि नयाँ ढङ्गबाट क्रमभङ्ग गर्ने कोसिस गरिरहेको बताउनु भयो । अबको निर्णय नागरिकको साथमा हुने उहाँले बताउनु भयो । उहाँले नागरिकको निरासा चाँडै नै आशामा परिणत हुने दाबी समेत गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘मेरो अब एक वर्ष पूरा हुँदैछ, प्रधानमन्त्री भएर तेस्रो कार्यकाल शुरु गरेको । एक वर्ष पूरा भएपछि मैले नयाँ ढङ्गले काम गर्दैछु ।’

नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा बनेको चार सय केभी। इनरुवा जीआईस सबस्टेसन नेपालकै दोस्रो ठूलो सबस्टेसन हो । प्रधानमन्त्री प्रचण्डले ४००र२२०र१३२र३३ केभी क्षमताको सबस्टेशनको उद्घाटन गर्नुभएको हो ।