मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

धनुषामा चोकको नाममा विवाद हुँदा दुई पक्षबीच झडप, प्रहरीले हान्यो आश्रुग्यास

धनुषामा चोकको नाममा विवाद हुँदा दुई पक्षबीच झडप, प्रहरीले हान्यो आश्रुग्यास

न्यूजस्टोरी

जनकपुरधाम । धनुषाको सबैला नगरपालिका-९ भठिहनमा चोकको नाम विषयलाई लिएर दुई पक्षबीच झडप भएको छ । स्थिति तनावग्रस्त बनेपछि प्रहरीले आश्रुग्यास प्रहार गरेको हो ।

आश्रुग्यास प्रहार गर्दै प्रहरीले लाठीचार्ज पनि गरेको छ । धनुषाका प्रहरी प्रवक्ता डीएसपी बरुणबहादुर सिंहले स्थिति नियन्त्रणमा लिन एकसेल आश्रुग्यास प्रहार गरेको बताए ।

उनले भने, ‘एक पक्षले यादव चोक हुनुपर्छ भन्छन् । अर्को पक्षले यादव चोक स्वीकार नगर्ने भन्छन् । चोकको विषयमा दुई पक्षबीच झडप भएको छ ।’ केलुवामोरका बासिन्दाले भठिहनमा ‘यादव चोक’ नामकरण गरेको थियो । ‘यादव चोक’ को बोर्ड समेत सडकमा राखेपछि विवाद चुलिएको छ ।

भठिहनका बासिन्दाले ‘यादव चोक’को नाममा आपत्ति जनाउँदै बोर्ड उखालेर प्रहरीको जिम्मा लगाएको बुझिएको छ । यादव चोक नामाकरणको विरुद्धमा सबैलाका पूर्वमेयर विजयशंकर प्रसाद साह पनि उभेका छन् ।