मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ज्ञानेन्द्र शाहीले नियमापत्ति गरेपछि रघु पन्तको आक्रोश– ‘जुम्लामा हाहु गरेर आएको जस्तो होइन, इतिहास पढेर आउने मिस्टर’

ज्ञानेन्द्र शाहीले नियमापत्ति गरेपछि रघु पन्तको आक्रोश– ‘जुम्लामा हाहु गरेर आएको जस्तो होइन, इतिहास पढेर आउने मिस्टर’

न्यूजस्टोरी

काठमाडौँ । नेपालको राजतन्त्रबारे एमाले सांसद रघुजी पन्त र राप्रपा सांसद ज्ञानेन्द्र शाहीबीच संसद्‌मै भनाभन भएको छ । ईतिहास तोडमोड गर्न खोजेको भन्दै राप्रपाका सांसद शाहीले नियमापत्ति गरेपछि पन्त प्रतिकारमा उत्रिएका हुन् ।

आइतवार बसेको प्रतिनिधि सभा बैठकको विशेष समयमा एमाले सांसद पन्तले राजा त्रिभुवन भारत प्रवासमा रहेको बेलाको प्रशंगको कुरा गरेका थिए । नेपालका राजाले कोलकत्ताको क्लबमा महिलासँग रसरंग गरेको विषयमा भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरूले समेत बोलेको सांसद पन्तले बताएका थिए । त्यसपछि राप्रपा संसदीय दलका प्रमुख सचेतक शाहीले आपत्ति जनाए । सांसद पन्तले इतिहास तोडमोड उनले गरेको आरोप लगाए ।

त्यसपछि आक्रोशित हुँदै सांसद पन्तले भने, ‘इतिहास पढेर आउनू, जुम्लामा हा हु गरेजस्तो होइन ।’ त्यसपछि संसद्मा केहीबेर भनाभन भएको थियो । सांसद पन्तले विश्वमै राजतन्त्र भनेको षडयन्त्र भएको टिप्पणी गरे । उनले राजतन्त्र इतिहास भइसकेको भन्दै संसद्मा यसबारे बहस गर्न रोक लगाउन सभामुखको ध्यानाकर्षण गराए । ‘त्रास खडा गरेर वातावरण बिगारिन्छ भने प्रतिपक्ष त सडकमा गइसक्यो, सत्तापक्ष सडकमा आउने दिन आउन सक्छ,’ सांसद पन्तले भने ।