मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आरजुलाई विष्णु रिजालले भने– लोकलाजको ख्याल गर्नुपर्छ

आरजुलाई विष्णु रिजालले भने– लोकलाजको ख्याल गर्नुपर्छ

न्यूजस्टोरी

काठमाडौं । नेकपा (एमाले)का केन्द्रीय सदस्य विष्णु रिजालले परराष्ट्रमन्त्री आरजु राणा देउवालाई लोकलाजको ख्याल गर्न सुझाव दिएका छन् । आइतबार (चैत ३) सामाजिक सञ्जालमार्फत उनले भारतले आयोजना गर्ने राइसिना डाइलगमा पराष्ट्रमन्त्री १५ मिनेट बोल्नका निम्ति ६ दिनदेखि कुरेको भन्दै कटाक्ष गरेका हुन् ।

“परराष्ट्रमन्त्री डा. आरजु देउवा छ दिनदेखि भारतमा हुनुहुन्छ । भारतले आयोजना गर्ने राइसिना डाइलगमा बोल्नका लागि उहाँलाई बढीमा १५ मिनेट समय मिल्ला । अघिल्लोपटक परराष्ट्रमन्त्री एनपी साउदले अरू चारजना प्यानलिस्टसँगै एक घण्टाको प्यानलमा बोल्न पाँच दिन खर्चिनुभएको थियो । त्यसपछिका परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले बेइजिङमा चिनियाँ विदेशमन्त्री भेट्न नौ दिन खर्चिनुभएको थियो,” उनले लेखेका छन् ।

भारत र चीनले समकक्षीसँग छलफल गर्दा कति महत्त्व दिन्छन् भन्ने यसैबाट प्रस्ट हुने रिजालको भनाइ छ । “देशभित्र काम कति गर्नुहुन्छ भन्ने त थाहै छ, तर दुनियाँले के भन्छ भनेर लोकलाजको त अलिकति ख्याल गर्नुपर्ने हो । यस्ता परराष्ट्रमन्त्रीहरूले भारत र चीनका समकक्षीहरूसँग कुरा गर्दा कत्तिको समान हैसियत (इक्वायल फुटिङ)मा कुरा गर्दा हुन् र उनीहरूले कति महत्त्व दिँदा हुन् भन्ने यसैबाट स्पष्ट हुन्छ,” रिजालले लेखेका छन् ।आरजुलाई विष्णु रिजालले भने– लोकलाजको ख्याल गर्नुपर्छ