मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

म्याग्दीमा गाडी दुर्घटना, चालकको मृत्यु

म्याग्दीमा गाडी दुर्घटना, चालकको मृत्यु

न्यूजस्टोरी

काठमाडौं । म्याग्दीको रघुगंगा गाउँपालिका-४ बुकलमा गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

नेपाल विद्युत् प्राधिकरणले निर्माण गर्न लागेको रघुगंगा जलविद्युतमा काम गर्ने जेपी कम्पनीको जीपी २ ए ७०८८३ नम्बरको गाडी दुर्घटना हुँदा चालक बेनी नगरपालिका- २ खबराका ४२ वर्षीय हेमबहादुर घिमिरेको मृत्यु भएको हो।

मृतकको शव पोस्टमार्टमका लागि बेनी अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षक (डीएसपी) भरत श्रेष्ठले बताए। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।