मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सर्लाही मलंगवाका १९ अस्पताल अनुगमन गरिएकोमा १५ वटा अवैध

सर्लाही मलंगवाका १९ अस्पताल अनुगमन गरिएकोमा १५ वटा अवैध

न्यूजस्टोरी

काठमाडौं । सर्लाही सदरमुकाम मलंगवास्थित १९ अस्पताल अनुगमन गर्दा १५ अस्पताल अवैध भेटिएका छन्। मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रादेशिक अस्पताल र अन्य निजी अस्पताल तथा पोलिक्लिनिक गरी १९ वटाको अनुगमन गरेका थिए।

बिहीबार गरिएको अनुगमनमा अवैध पाइएपछि १५ वटा अस्पताल र पोलिक्लिनिकलाई बन्द गर्न निर्देशन दिएको प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका जनस्वास्थ्य अधिकृत एवम् अस्पताल अनुगमन समितिका सदस्यसचिव सन्तोषकुमार ठाकुरले बताएका छन्। उनका अनुसार सेवा सञ्चालन अनुमति लिएका तीन अस्पताललाई भने उनले दुई महिनाभित्र नवीकरण गर्न भनिएको छ।

मुख्यमन्त्री सिंहले अस्पताल अनुगमनमा पुगेपछि बजारमा रहेका अधिकांश निजी अस्पताल तथा पोलिक्लिनिक सञ्चालक बन्द गरी सम्पर्कविहिन भएका थिए। । जयश्री ओम हेल्थ केयर प्रालि, श्री तिरुपति बालाजी पोलिक्लिनिक प्रालि र श्री बह्मभूमि हेल्थ रिसर्च प्रालिलाई दुई महिनाभित्र नवीकरण गराउन निर्देशन दिइएको छ। मैक्स हस्पिटल, श्री मिथिला डेन्टल क्लिनिक, श्री दिनकर अस्पताल, श्री रामावतार पेन पारालाइसीस सेन्टर, श्री क्ल्याण हेल्थ केयर, श्री शीतल डेन्टल केयर प्रालि, श्री चन्द्रकला पोलिक्लिनिक, श्री इन्डो नेपाल आँखा अस्पताल, श्री कान्तिपुर डेन्टल एवम् एक्सरे क्लिनिक, श्री प्रेमा हेल्थ क्लिनिक, श्री सर्लाही कम्युनिटी हेल्थ केयर प्रालि, श्री गुप्ता क्लिनिक प्राथमिक उपचार केन्द्र, सर्लाही पोलिक्लिनिक, श्री सिद्धिदाता हेल्थ केयर प्रालि र श्री देवश्री पोलिक्लिनिक प्रालिलाई बन्द गर्न भनिएको छ ।

हालसम्म मुख्यमन्त्री सिंहले जनकपुरधाम, महोत्तरीको बर्दिवास, सर्लाहीको हरिवन, रौतहटका चन्द्रपुर र गरुडा, पर्साको वीरगन्जसहितका ठाउँमा ११४ निजी स्वास्थ्य संस्थाको अनुगमन गरेका छन्। अनुगमन ७३ वटा निजी स्वास्थ्य संस्थालाई बन्द गर्ने निर्देशन दिइएको छ । २३ वटालाई नवीकरण गर्ने दिइएको छ भने १५ वटा अस्पताल मात्रै नियमानुसार चलिरहेको पाइएको छ।