बारा, ४ पुस । पूर्वपश्चिम राजमार्गअन्तर्गत बारामा बस र ट्रक ठोक्किँदा तीन जनाको मृत्यु भएको छ ।
काँकडभिट्टाबाट काठमाण्डु आउँदै गरेको बा३–००१ख २५८७ नम्बरको बस र हेटौँडाबाट पथलैयातर्फ जाँदै गरेको ना७ख ७३०० नम्बरको ट्रक बुधबार बिहान अमलेखगञ्जस्थित तीन नम्बर पुल नजिकै आपसमा ठोक्किएर दुर्घटना भएका हुन् ।
दुर्घटनामा ट्रक चालक तनहुँका २८ वर्षीय पूर्ण गुरुङ, ट्रक चालक मकवानपुरका ४० वर्षीय हरि शम्शेर र नाम नखुलेका अर्का एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । गम्भीर घाइते तीनैवजनाको हेटौंडा अस्पतामा उपचारका क्रममा ज्यान गएको बारा प्रहरी प्रमुख एसपी सुरेशप्रसाद काफ्लेले जानकारी दिए ।
काफ्लेका अनुसार दुर्घटनामा बसमा सवार २७ यात्रु घाइते छन् । घाइतेहहरूको हेटौँडा अस्पताल र चितवनस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।


प्रतिक्रिया