मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हात्तीको आक्रमणबाट ज्यान गएपछि अवरुद्ध पूर्व–पश्चिम राजमार्ग खुल्यो

हात्तीको आक्रमणबाट ज्यान गएपछि अवरुद्ध पूर्व–पश्चिम राजमार्ग खुल्यो

न्यूजस्टोरी

बर्दिया, २९ फागुन । जङ्गली हात्तीको आक्रमणबाट बर्दियाको ठाकुरबाबामा एक जनाको ज्यान गएपछि उचित राहत तथा क्षतिपूर्तिको माग गर्दै बिहानदेखि अवरुद्ध पूर्व–पश्चिम राजमार्ग खुलेको छ ।

तत्काल काजकिरियाबापत केही रकम थप गरी दिने लगायतका मागमा सहमति भएपछि दिउँसोदेखि राजमार्ग खुलेको इलाका प्रहरी कार्यालय भुरीगाउँले जनाएको छ ।

गएराति १० बजेतिर निकुञ्ज भित्रबाट गाउँमा पसेको जङ्गली हात्तीको आक्रमणबाट ७१ वर्षीय बोलीराम थारुको ज्यान गएको थियो । घर नजिकै गहुँ खेतमा केही आवाज आएको थाहा पाएपछि हेर्न घरबाहिर निस्किएका थारुको हात्तीले आक्रमण गर्दा घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । उहाँकी श्रीमतीले भने भागेर ज्यान जोगाउन सफल हुनुभएको छ ।