मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

शिवपुरी जंगलमा मृत भेटिए एक पुरूष

शिवपुरी जंगलमा मृत भेटिए एक पुरूष

न्यूजस्टोरी

काठमाडौं । काठमाडौं शिवपुरी जंगलमा एक पुरूष मृत भेटिएका छन्।

तार्केश्वर नगरपालिका-६ धर्मस्थली बस्ने ५८ वर्षीय कान्छा महर्जन मृत भेटिएका हुन्। उनलाई मंगलबार तार्केश्वर नगरपालिका-३ को पाँचमाने शिवपुरी जंगलमा मृत भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहोराले जानकारी दिए।

उनी फागुन १० गतेदेखि हराइरहेको परिवारले बताएका छन्। उनको शव पोस्टमर्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको एसपी बोहोराले बताए।
यस घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ।