काठमाण्डौ । काठमाण्डौमा आज बिहान सामान्य वर्षा भएको छ । एक दुई ठाउँमा सामान्य वर्षा भएको जल तथा मौसम बिभागले जनाएको छ । काठमाण्डौमा आज घाम नलाग्ने पनि बिभागले जनाएको छ । आज देशका धेरै ठाउँको मौसम बदली छ । गण्डकी प्रदेशका केही ठाउँमा पनि छिटपुट पानी परिरहेको छ । मौसम बदली भएकाले आज पहाडी क्षेत्रमा छिटपुट वर्षा र हावाहुरीको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । ठूलो र निरन्तर पानी पर्ने तथा हावा चल्ने सम्भावना छैन । देशका धेरै ठाउँमा भोलिसम्म नै मौसम यस्तै रहने अनुमान छ । बिहान ११ बजेतिर कीर्तिपुर मैदानमा पानी परेपछि एसीसी प्रिमियर कप क्रिकेट अन्तर्गत नेपाल र कुवेतबीचको सेमिफाइनल खेल केहीबेर रोकिएको छ ।


प्रतिक्रिया