मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विश्वका बढी वायु प्रदूषित सहरमध्ये तेस्रो स्थानमा काठमाडौं

विश्वका बढी वायु प्रदूषित सहरमध्ये तेस्रो स्थानमा काठमाडौं

न्यूजस्टोरी

काठमाडौं  । काठमाडौं आज विश्वका सबैभन्दा बढी वायु प्रदूषित सहरहरुको सूचीमा तेस्रो स्थानमा परेको छ।आज काठमाडौंको एयर क्वालीटी इन्डेक्स (एक्यूआई) १९७ पुगेको छ ।

आज सबैभन्दा धेरै भियतनामको हानोई सहर वायु प्रदूषणको १ नम्बरमा परेको छ । हानोइको एयर क्वालिटी इन्डेक्स (एक्यूआई) २४५ पुगेको छ । दोस्रो नम्बरमा भारतको दिल्ली सहर छ । यहाँको एयर क्वालिटी इन्डेक्स (एक्यूआई) २०३ पुगेको छ ।

विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार एक्यूआई ३५ भन्दा कम हुनुपर्छ । ५० एक्यूआई सम्मलाई सामान्य मानिन्छ । त्यसभन्दा माथिको गुणस्तर एक्यूआई अस्वस्थकर हुने चिकित्सकको भनाइ छ । ka