मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्तरोन्नतिका लागि बागचौर–नेटा सडकखण्ड एक साताका लागि बन्द

स्तरोन्नतिका लागि बागचौर–नेटा सडकखण्ड एक साताका लागि बन्द

न्यूजस्टोरी

सल्यान । सडक स्तरवृद्धिका लागि मदन भण्डारी राजमार्ग अन्तर्गत सल्यानको बागचौर नगरपालिका–७ गैरिगाउँ–धामीगाउँ–पिपलबोटदेखि पोखरा नेटासम्मको सडकमा एक साताको लागि यातायात सञ्चालन बन्द गरिएको छ । जिल्लाको बागचौर नगरपालिकाले एक सूचना प्रकाशन गर्दै यातायात सञ्चालन बन्द गरेको हो ।

बाग्चौर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर कठायतले निर्माणको काम धमाधम भइरहेको र सडक चौडा गराउने क्रममा ढुंगामाटो सडकमै थुपारेका कारण यात्रुलाई आउजाउमा असहज हुने भन्दै सडक निर्माण कम्पनीको सहकार्यमा यातायात सेवा चैत्र २ गते सम्मका लागि बन्द गरिएको बताए । निर्माणको काम भइरहेको सडकमा यातायात सञ्चालन गर्दा यात्रुलाई समस्या मात्र नभइ धेरै सास्ती हुने र निर्माणको काम समेत प्रभावित हुने भएकाले यातायात सञ्चालन बन्द गर्नुपरेको उनको भनाइ छ । सडकमा थुपारेका ढुंगामाटोले यातायात पूर्णरुपमा ठप्प भएका कारण यात्रुलाई वैकल्पिकमार्ग प्रयोग गर्न निमिक्त प्रमुख प्रशासकीय अधिकृत कठायतले सबैलाई आग्रह गरेका छन् ।

यस्तै, कपुरकोट गाउँपालिका–६ टुनिबोट–कोइला सडक खण्डको स्तरवृद्धि गर्ने क्रममा घुरखोला, पिपलकोट नजिकै कल्भर्ट निर्माणको काम भइरहेकाले काम सम्पन्न नहुँदासम्म यातायात सञ्चालनमा रोक लगाएको र स्थानीय यात्रुलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको गाउँपालिका अध्यक्ष दुर्गाबहादुर पुनले बताएका छन् ।