काठमाडौं, २५ फागुन । राष्ट्रिय जनमोर्चाले गणतन्त्र र धर्मनिरपेक्षता पक्षधर शक्तिको कार्यगत एकता वा गठबन्धनको आवश्यकता रहेको जनाएको छ ।
पार्टीका अध्यक्ष चित्रबहादुर केसीले आज विज्ञप्ति निकालेर गणतन्त्र पक्षधरहरुको गठबन्धनका लागि प्रस्ताव गर्नुभएको हो ।
देशमा अहिले जुन प्रकारको अवस्था सिर्जना भएको छ, त्यसमा सरकारले अपनाएका गलत नीति, नागरिकमा निराशा र भ्रष्टाचारको भूमिका रहेको जनमोर्चाको ठहर छ ।
सम्पूर्ण लोकतान्त्रिक तथा गणतान्त्रिक शक्तिहरूबीच ऐक्यबद्धता कायम हुनुपर्नेमा आफूहरुको जोड रहेको अध्यक्ष केसीले निकालेको विज्ञप्तिमा उल्लेख छ ।


प्रतिक्रिया