सिरियाली सुरक्षा बलले अल्पसङ्ख्यक अलावी समुदायका मानिसहरूको हत्या गरेको आरोप लागेको छ ।
बेलायतमा रहेको सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्स ९एसओएचआर० ले अपदस्थ राष्ट्रपति बशिर अल–असदको गढ रहेको लताकिया क्षेत्रमा ‘क्षेत्रीय मृत्युदण्ड’ मा १ सय ६२ जना सर्वसाधारण मारिएका बताएको छ ।
‘एसओएचआर’ ले समाचार एजेन्सी एएफपीलाई दिएको जानकारी अनुसार मारिनेमा १३ महिला र पाँच बालबालिका रहेका छन् । पूर्वराष्ट्रपति असद पनि अलावी समुदायबाट आएका हुन् । यद्यपि यी हत्याहरू सिरियाली नयाँ सरकारको फौजले गरेको हो वा होइन भन्ने पुष्टि हुन नसकेको बीबीसीको खबरमा उल्लेख छ ।
डिसेम्बरमा असदलाई अपदस्थ गर्ने सिरियाका नयाँ शासकहरूले पूर्वराष्ट्रपतिको गृहनगर कारदाहामा अहिले सैन्य कारबाही शुरू भइरहेको बताएका छन् ।
हिंसा शुरू भएदेखि आफ्नो पहिलो वक्तव्यमा देशका अन्तरिम राष्ट्रपति अहमद अल–शाराले सिरियाले अपदस्थ असद शासनका ‘अवशेषहरू’ लाई पछ्याउने र उनीहरूलाई मुद्दा चलाउने बताउनुभएको रोयटर्सको रिपोर्टमा उल्लेख छ ।


प्रतिक्रिया