मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

महाभियोग लागेका दक्षिण कोरियाली राष्ट्रपति युनलाई रिहा गर्न अदालतको अनुमति

महाभियोग लागेका दक्षिण कोरियाली राष्ट्रपति युनलाई रिहा गर्न अदालतको अनुमति

न्यूजस्टोरी

दक्षिण कोरियाको एक अदालतले महाभियोग लागेका राष्ट्रपति युन सुक योलको गिरफ्तारी रद्द गर्दै रिहाइका लागि अनुमति दिएको छ । निलम्बित राष्ट्रपतिका वकिलहरूले अघिल्लो महिना गिरफ्तारी रद्द गर्न अनुरोधसहित हिरासत गैरकानूनी भएको तर्क गरेका थिए । अभियोजन पक्षले योललाई अभियोग लगाउन धेरै लामो समय पर्खेको थियो ।

प्रक्रियागत स्पष्टता सुनिश्चित गर्न र अनुसन्धान प्रक्रियाको वैधताको बारेमा कुनै पनि शङ्का हटाउन हिरासत रद्द गर्ने निर्णय गर्न उपयुक्त ठानिएको अदालतले भनेको छ । महाभियोग लगाउनुभन्दा केही घण्टाअघि नै सांसदहरूले मतदान गरेर सैनिक शासनको घोषणा गरेको भन्दै राष्ट्रपति योलविरुद्ध ‘राज्य विद्रोह’ को आरोप प्रस्ताव दर्ता गरेका थिए ।

जनवरी १५ तारिखमा राष्ट्रपनि योललाई हिरासतमा लिइएको थियो । संवैधानिक अदालतमा महाभियोगको मुद्दा रहेको र यसले योललाई पदबाट हटाउने वा नहटाउने भन्ने निर्णय गर्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।