मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रधानमन्त्री ओलीले आज कर्णाली प्रदेश सभालाई सम्बाेधन गर्दै, अन्य तीन कार्यक्रम तय

प्रधानमन्त्री ओलीले आज कर्णाली प्रदेश सभालाई सम्बाेधन गर्दै, अन्य तीन कार्यक्रम तय

न्यूजस्टोरी

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज (शुक्रबार) कर्णाली प्रदेश सभालाई सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार आज अपराहन्न २ बजे प्रधानमन्त्री ओलीले कर्णाली प्रदेश सभालाई सम्बोधन गर्ने भएका हुन् ।

योसहित प्रधानमन्त्री ओली आज सुर्खेतमा विभिन्न कार्यक्रममा सहभागी हुँदैछन् । उनले प्रदेशसभामा सम्बोधन गर्नुअघि मध्यपश्चिम विश्वविद्यालयको तेस्रो दिक्षान्त समारोहमा सहभागी हुँदैछन् । त्यसपछि उनले मध्यपश्चिम विश्वविद्यालयको भवन उद्घाटन र सुर्खेत रंगशालाको अवलोकन गर्ने कार्यक्रम रहेको छ ।