मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अवैध घरेलु मदिरामा प्रहरीको छापा, ४ लाख बढीको मदिरा नष्ट

अवैध घरेलु मदिरामा प्रहरीको छापा, ४ लाख बढीको मदिरा नष्ट

न्यूजस्टोरी

बारा, २२ फागुन । जिल्ला प्रहरी कार्यालय बाराले जिल्लाका विभिन्न स्थानमा रहेका अवैध मदिरा भट्ठी नष्ट गरेको छ । इलाका प्रहरी कार्यालय महेन्द्रआदर्श बाराबाट खटिएको प्रहरी टोलीले तवाल गाउँपालिकाबाट ११०० लिटर मदिरा बरामद गरि नष्ट गरेको छ । त्यस्तै, प्रहरी चौकी गंजभवानीपुर ,बाराबाट खटिएको प्रहरी टोलीले ८०० लिटर तयारी मदिरा बरामद पश्चात नष्ट गरेको छ । २४०० लिटर तयारी मदिरा डुमरवाना बारामा नष्ट गरिएको पनि प्रहरीले जनाएको छ ।
अवैध मदिरा नष्ट गर्ने क्रममा प्रहरी चौकी जौतापुर बाराले जीतपुर सिमरा उपमहानगर पालिका वडा नं १७ र १८ मा गरि १५०० लिटर मदिरा नष्ट गरेको छ ।
सवै स्थानमा गरेर ४ लाख १३ हजार बराबरको अबैध घरेलु मदिरा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ ।