काठमाडौं । गायिका अस्मिता अधिकारी र महेश काफ्लेले विहिबार लगनगाँठो कसेका छन् । राजधानीको कार्की ब्यांक्वेटमा वैवाहिक समारोह चलिरहेको छ । विवाहको माहोल रमाइलो बनिरहेको छ । पन्चेबाजासहित बेहुला महेश र उनका बुवा भोजराज र बेहुली अस्मिताका गीतहरू विवाहमा बजाइएको छ ।
विवाह समारोहमा दुवै पक्षका परिवार, आफन्त र निकट संगीतकर्मी उपस्थित छन् । विवाहमा पुग्नेहरूले उनीहरूलाई बधाई दिइरहेका छन् । केही दिनदेखि हेल्दी मेहेन्दी समारोह चलिरहेको थियो । गत असारमा दुबईमा इन्गेजेमन्ट गरेका यी दुई लामो समयदेखि प्रेम सम्बन्धमा छन् ।
प्रेम चर्चालाई साकार तुल्याउँदै यी दुईले दुबईस्थित संसारको अग्लो टावर ‘बुर्ज खलिफा’मा इन्गेजमेन्ट गरेका थिए । यी दुईले केही गीतमा सहकार्य समेत गरेका छन् । कतिपय कन्सर्टमा एकसाथ प्रस्तुति पनि दिएका छन् । काठमाडौं महानगरले स्थापना दिबसको अवसरमा टुँडिखेलमा गरेको सांगीतिक कार्यक्रममा उनीहरूले प्रस्तुति दिए ।
अस्मिता र महेश अहिले रुचाइएका संगीतकर्मीमध्ये पर्छन् ।


प्रतिक्रिया