मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जनताको मायाले नै कांग्रेस सबैभन्दा लोकप्रिय – देउवा

जनताको मायाले नै कांग्रेस सबैभन्दा लोकप्रिय – देउवा

न्यूजस्टोरी

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनताको मायाले नै कांग्रेस सबैभन्दा लोकप्रिय पार्टी बनेको बताएका छन् ।

कांग्रेस निकट भूपू सैनिक संघको कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले सो कुरा बताएका हुन् । उनले कांग्रेस बलियो भएमात्रै मुलुकले समृद्धि पाउने बताए ।

सभापति देउवाले भने, ‘सबैको मायाले कांग्रेस जनताको लोकप्रिय पार्टी बनेको छ । लोकतन्त्रमा मात्रै सबै वर्गको अधिकार सुरक्षित हुन्छ । त्यसैले पार्टीलाई बलियो बनाउनको लागि शुभेच्छुक संस्थाहरु बलियो हुनुपर्छ । कांग्रेस बलियो भएमात्रै देशको समृद्धि हुन्छ ।’ उनले भारतीय सेनाको अग्निपथका बारेमा सरकारसँग कुरा चलिरहेको बताए ।