मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजतन्त्रको पक्षमा काठमाडौंमा राप्रपाको मोटरसाइकल र्‍याली, नारायणहिटी अगाडि प्रदर्शन

राजतन्त्रको पक्षमा काठमाडौंमा राप्रपाको मोटरसाइकल र्‍याली, नारायणहिटी अगाडि प्रदर्शन

न्यूजस्टोरी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बुधबार काठमाडौंमा मोटरसाइकल र्‍याली निकालेको छ । राजतन्त्रको पक्षमा राप्रपाले बबरमहलदेखि नारायणहिटीसम्म मोटरसाइकल र्‍याली गरेको हो । बबरमहलबाट शुरू भएको र्‍याली त्रिपुरेश्वर हुँदै नारायणहिटी दरबार सङ्ग्रहालयसम्म अघिसम्म पुगेको थियो ।

र्‍यालीमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, सांसद विक्रम पाण्डेलगायतका नेता तथा कार्यकर्ताहरू सहभागी छन् । र्‍यालीमा सहभागीले पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमलको तस्वीर अंकित टिसर्ट लगाएका थिए भने श्रीपेचसहितको ज्ञानेन्द्रको तस्वीर बोकेका थिए । जहाँ– राजा सबैको साझा लेखिएको छ ।