मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मोरङमा रुखको एउटै हाँगोमा महिला–पुरुष मृत भेटिए

मोरङमा रुखको एउटै हाँगोमा महिला–पुरुष मृत भेटिए

न्यूजस्टोरी

विराटनगर । मोरङको बक्राखा खोला किनारमा महिला–पुरुष मृत्त अवस्थामा भेटिएका छन् । उनीहरु खोला किनारको रुखको एउटै हाँगामा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् । मोरङ्गको पथरीशनिश्चरे–५ का अजय टुडू र झापाको गौरीगञ्ज गाउँपालिका–२ की जाबुमुनी हस्दा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन्।

पथरीशनिश्चरे नगरपालिका–५ मौलीबारीस्थित बक्राहा खोलाको किनारमा रहेको पिठारीको रूखको एउटै हाँगोमा झुण्डिएको अवस्थामा उनीहरु फेला परेको प्रहरीले जनाएको छ । उनीहरु दुवै विवाहित हुन् । मृतक युवतीको विवाह भने मोरङको कटरी गाउँपालिकामा विवाह भएको थियो । मृत फेला परेकी जुबामुनीका पति कान्छा टुडू वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा रहेका छन् । मृतक अजयको घरमा पत्नी र २ जना छोरा छन् ।