मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बोरिङ खन्दा टीकाथलीमा निस्किएको आगोको ज्वाला अढाइ घण्टापछि निभाइयो

बोरिङ खन्दा टीकाथलीमा निस्किएको आगोको ज्वाला अढाइ घण्टापछि निभाइयो

न्यूजस्टोरी

ललितपुर । ललितपुरको टीकाथलीमा गोदावरी खोला नजिकै बोरिङ गरेको ठाउँमा निस्किएको आगोकाे ज्वाला अढाइ घण्टापछि निभेको छ । बिहान करिब ९ः३० बाट सुरु भएको आगोको ज्वाला ११ः४० तिर निभाइएको हो । आगो निभे पनि यो ठाउँमा ग्यास भने अझै निस्किइरहेको छ ।

स्थानीयका अनुसार पानीका लागि बोरिङ गर्ने क्रममा ग्यास निस्किएको र आगो लागेको हो । बोरिङको पाइप गाडेको स्थानबाटै आगोको ज्वाला दन्किरहेको थियो । करिब नौ सय फिट खनिसकेपछि ग्यास निस्किएर आगो लागेको हो । बिहान ९ः३० बजे निस्किएको आगो झण्डै साढे दुई घण्टापछि नियन्त्रणमा आएको महालक्ष्मी नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष कपिल केसीले जानकारी दिए ।

‘हामीले सामान्य ग्यास होला भन्ठान्यौं । तर निभाउन निकै कठिन भयो । धेरैबेर पानी हालेपछि आगो ननिभेपछि ग्यास निभाउन तत्व नै ल्याएर नियन्त्रणमा लियौं,’ उनले भने । उनका अनुसार त्यहाँ ६०–७० लाख लागतमा खानेपानी आयोजना चलिरहेको छ । महालक्ष्मी नगरपालिका वडा नम्बर ५ शान्ति टोल आसपास समेत गरी करिब दुई हजार घरधुरीका लागि पानी अपुग भएपछि बोरिङ गरिएको हो ।