काठमाडौं । चौंथो पटक ह्दयघात भएपछि पूर्व युवराज पारस शाह अस्पताल भर्ना भएका छन् । आइतबार हृदयघात भएपछि उनलाई थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको थियो ।
पूर्व युवराज पारसको स्वास्थ्य अवस्था स्थिर रहेको डाक्टर यादवदेव भट्टले जानकारी दिएका छन् । शाहको मुटुमा स्टेन्ट (मुटुको धमनीमा राखिने एक प्रकारको ट्युब) राखिएको छ । उनलाई एक–दुई दिन अस्पतालमै राखेर उपचार गरिने अस्पतालले जनाएको छ ।
पूर्व युवराज पारसलाई हृदयघात भएको यो चौंथो पटक हो । पारसलाई किन पटक–पटक हृदयघात भइरहेको छ ? भन्ने प्रश्न एक चिकित्सकले भने, ‘राज परिवारमा हृदयघात वंशाणुगत समस्या छ । पारसमा पनि हृदयघात हुनुमा बढी वंशाणुगत कुराले प्रभाव पारेको देखिन्छ ।’


प्रतिक्रिया