मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विश्वकप विजेता गोलरक्षक बफोन र प्रधानमन्त्रीबीच भेट

विश्वकप विजेता गोलरक्षक बफोन र प्रधानमन्त्रीबीच भेट

न्यूजस्टोरी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र इटलीका राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान जियानलुइजी बफोनबीच सोमबार भेट भएको छ ।

एमालेनिकट राष्ट्रिय युवा सङ्घ नेपालको आयोजनामा जारी तेश्रो केपी ओली कप फुटबल च्याम्पियनसिपको समापन कार्यक्रममा प्रमुख अतिथिका रुपमा आएका इटालीका अन्तर्राष्ट्रिय गोलरक्षक बफोनलाई प्रधानमन्त्री ओलीले सरकारी निवास बालुवाटरमा भेट गरेका हुन् ।

भेटका अवसरमा प्रथम महिला राधिका शाक्य, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुुप्रसाद रिमाल, नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याल, अखिल नेपाल फुटबल संघका अध्यक्ष पंकज राई, राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेबे, बुफनका परिवारका सदस्यलगायत सहभागी थिए ।

यही फागुन ११ गतेदेखि सुरु भएको उक्त च्याम्पियनसिपको फाइनल खेल सोमबार साँझ दशरथ रंगशालामा समापन हुँदैछ । उपाधिका लागि त्रिभुवन आर्मी क्लब र मच्छिन्द्र क्लब भिड्दैछन् ।