मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

देशभर बढ्दै गर्मी, आज विराटनगर र जनकपुरमा उच्च तापक्रम हुने अनुमान

देशभर बढ्दै गर्मी, आज विराटनगर र जनकपुरमा उच्च तापक्रम हुने अनुमान

न्यूजस्टोरी

काठमाडौं । प्रि-मनसुनका दिन सुरु भएकाले अब देशभर गर्मी बढ्दै जाने छ । प्रि-मनसुन अर्थात् मनसुन सुरु हुनुभन्दा अघिका दिन १ मार्च (१७ फागुन)देखि सुरु हुन्छ ।

मार्च, अप्रिल र मे तीन महिनालाई प्रि–मनसुन अवधि भनिन्छ । यो अवधिमा गर्मी बढ्ने, हावाहुरी चल्ने, चट्याङ पर्ने लगायतका मौसमी गतिविधि हुन्छन् । गत वर्ष अत्यधिक गर्मी र तराईका जिल्लाहरुमा तातो हावाको लहर चल्दा विद्यालय नै बन्द गर्नुपरेको थियो ।

नेपालमा गत वर्ष एप्रिल २० मा भैरहवामा सबैभन्दा बढी गर्मी मापन भएको थियो । त्यहाँ ४३.६ डिग्री सेल्सियस अधिकतम तापक्रम रेकर्ड भएको थियो । नेपालको हालसम्मकै उच्च तापक्रम भने ४६.४ डिग्री सेल्सियस हो । यो तापक्रम सन् १९९५ को जुन १६ मा धनगढीमा रेकर्ड भएको थियो ।

अहिले भने नेपालभर उल्लेख्य मौसमी प्रणाली केही पनि छैन । त्यसैले अहिले घाम मात्र लागिरहेको छ । यो घाम आगामी दिनमा अझै चर्को हुनेछ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज विराटनगर र जनकपुरमा सबैभन्दा बढी गर्मी हुने सम्भावना छ ।

विराटनगर र जनकपुरको अधिकतम तापक्रम ३३ डिग्री सेल्सियससम्म पुग्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज सबैभन्दा कम तापक्रम जुम्लामा माइनस २ डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ ।

आज अन्य शहरहरूको तापक्रम कस्तो होला ?