मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रिंकुकुमारी मृत्यु प्रकरणबारे गृहमन्त्रीले भने–दोषीलाई कडा कारबाही हुन्छ

रिंकुकुमारी मृत्यु प्रकरणबारे गृहमन्त्रीले भने–दोषीलाई कडा कारबाही हुन्छ

न्यूजस्टोरी

काठमाडौं । गृहमन्त्री रमेश लेखकले सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया किशोरी रिंकुकुमारी सदायको मृत्यु भएको घटनामा प्रहरीले गम्भीर भएर अनुसन्धान गरिरहेको बताएका छन्। आज (आइतबार) राष्ट्रिय सभामा बोल्दै उनले दोषीलाई कारवाही गर्ने प्रतिवद्धता समेत जनाएका छन् ।

गृहमन्त्री लखेकले सदायको सामूहिक बलात्कारपछि मृत्यु भएको जानकारी दिए । उनले दोषीलाई कडा कारबाही हुने प्रतिबद्धता जनाए । उनले भने, ‘सरकारको तर्फबाट, म आफ्नो तर्फबाट यस घटनामा जति पनि मानिसहरू संलग्न छन् अपराधमा संलग्न भएका मानिसहरूलाई क्रियाशिलतापूर्वक खोजतलास गर्ने, अनुसन्धान गर्ने र कानून बमोजिम कडा कारबाही गर्ने कुरामा पूर्ण प्रतिवद्ध छु र सम्मानित सदनमा पुनः प्रतिवद्धता व्यक्त गर्न चाहन्छु ।’

गृहमन्त्री लेखकका अनुसार गत माघ ३० गते रिंकुकुमारी आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन् । यो सम्बन्धमा स्थानीय १९ वर्षीय रुपेश मण्डलको विरुद्धमा आत्महत्या दुरुत्साहन शीर्षकमा जाहेरी परेपछि पक्राउ पुर्जी जारी भएको छ । फागुन ८ गते मृतकको आमाको तर्फबाट आठ जनाविरुद्ध पूरक जाहेरी परेको छ । जसमा अपहरण गरेर नियन्त्रणमा लिइ सामूहिक रुपमा जबरजस्ती करणी गरेर हत्या गरेको आरोप छ ।

त्यसमै पञ्चायतीद्जवारा लेनदेन गरी मिलापत्र गर्न खोजेको अन्तर्गतको कसूर पनि छ। ती आठै जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । त्यसमध्ये पञ्चायतीमा संलग्न तीन जना पक्राउ परिसकेका छन् । पीडकलाई पक्राउ गरेर छिटो भन्दा छिटो कारबाहीको दायरामा ल्याउने गरी प्रहरीले काम गरिरहेको पनि गृहमन्त्री लेखकले बताए ।