मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

इजरायलले ६ हप्ता थप्यो गाजा युद्धविरामको अवधि

इजरायलले ६ हप्ता थप्यो गाजा युद्धविरामको अवधि

न्यूजस्टोरी

काठमाडौं । इजरायलले युद्धविरामको अवधि ४२ दिन (६ हप्ता) थपेको छ । युद्धविरामको पहिलो चरण समाप्त भएको दिनदेखि नै इजरायलले युद्धविरामको अवधि थप गरेको हो । हमास र इजरायलबीच सन् २०२५ को जनवरी १९ देखि युद्धविराम कार्यान्वयन भएको थियो । यसaको पहिलो चरण मार्च १ शनिबारको मध्यरातिबाट समाप्त भएको थियो । तर लगत्तै युद्धविरामको लम्बाउने घोषणा इजरायलले गरेको बीबीसीले जनाएको छ ।

युद्धविराम लम्ब्याउने प्रस्ताव अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका मध्यपूर्व दूत स्टिभ विटकोफले राखेका थिए । त्यसमा इजरायलका प्रधानमन्त्री नेता न्याहु सहमत भएका हुन् । बीबीसीले रमजान लगायतका चाडपर्वलाई समेत मध्यनजर गरी इजरायलले युद्धविरामको अवधि थपेको जनाएको छ । यसबीचमा दोस्रो चरणको युद्धविरामबारे छलफल हुनेछ । यदि त्यो छलफल विफल भएमा इजरायलले ४२ दिनपछि पुनः हमासमाथि आक्रमण सुरु गर्नेछ ।