मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अज्ञात समूहको गोली प्रहारबाट रुपन्देहीमा एकजनाको मृत्यु

अज्ञात समूहको गोली प्रहारबाट रुपन्देहीमा एकजनाको मृत्यु

न्यूजस्टोरी


बुटवल, १७ फागुन । अज्ञात समूहको गोली प्रहारबाट रुपन्देहीको एक जनाको मृत्यु भएको छ ।

जिल्लाको मायादेवी गाउँपालिका वडा नम्बर २ का २९ वर्षीय राकेशसिंह लोधमाथि गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डिएसपी सुरज कार्कीले बताए ।
‘घरको बरन्डामा आज बिहान ८ः१५ बजे रगताम्मे अवस्थामा भेटिएकाले गोली प्रहारबाट मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट देखिन्छ, घटना बारे थप अनुसन्धान भईरहेको छ’, डिएसपी कार्कीले भने । कार्कीले आँखाको माथि निधार र कन्चटमा चोट लागेको देखिएको पुष्टि गरे ।
शव पोष्टमार्टमाका लागि भैरहवास्थित भीम अस्पताल पठाइएको छ । घरमा एक्लै बस्दै आएका लोध खेती किसानी गर्थे, घरायसी कारणलेउन्को हत्या भएको हुन सक्ने स्थानीयले जानकारी दिएका छन । लोधको टाउँकोमा २ राउण्ड गोली चलाईएको स्थानीयले बताएका छन । स्थानीयका अनुसार दाजुभाइबीच जग्गाको विषयमा केही महिनादेखि विवाद चलेको थियो मृतकका दाजु दिपक लोध फरार छन् ।