मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भारतको उत्तराखण्डमा हिमपहिरोमा फसेकामध्ये ३३ मजदूरको उद्धार, अझै २२ जना बेपत्ता

भारतको उत्तराखण्डमा हिमपहिरोमा फसेकामध्ये ३३ मजदूरको उद्धार, अझै २२ जना बेपत्ता

न्यूजस्टोरी

भारतको उत्तराखण्ड राज्यको चमोली जिल्लामा हिमपहिरो जाँदा हिउँमा फसेका मध्ये ३३ जना मजदूरको उद्धार भएको छ । हिउँमा फसेका ५५ मध्ये ३३ जनाको उद्धार भएको चमोलीका जिल्ला अधिकारी (डीएम) सन्दीप तिवारीलाई उद्धृत गर्दै बीबीसी हिन्दीले जनाएको छ ।

यसअघि त्यस क्षेत्रमा ५७ जना मजदूर रहेका खबर सार्वजनिक भएको थियो । तर चमोलीका डीएमले दुई जना बिदामा रहेका जानकारी दिनुभएको छ । हिमपहिरोमा परी अझै २२ जना बेपत्ता रहेका र उनीहरूको खोजीमा भइरहेको खबरमा उल्लेख छ । मजदूरको उद्धारका लागि सेनासँगै आईटीबीपी, एनडीआरएफ, एसडीआरएफको टोली खटिएका छन् ।

हिजो दिउँसो बद्रीनाथ धामको नजिक मनामा हिमपहिरो गएको हो । सीमा सडक सङ्गठन ९बीआरओ० को सडक निर्माणमा खटिएका मजदूर हिमपहिरोमा फसेका हुन् । हिमपातका कारण उद्धार कार्यमा कठिनाइ भइरहेको अधिकारीहरूले बताएका छन् ।