मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राप्रपाको आज बुटवलमा आमसभा, अध्यक्ष लिङ्देनले सम्बोधन गर्ने

राप्रपाको आज बुटवलमा आमसभा, अध्यक्ष लिङ्देनले सम्बोधन गर्ने

न्यूजस्टोरी

बुटवल, १७ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज बुटवलमा आमसभा गर्दै छ । ‘अवस्था बदल्न व्यवस्था बद्लौं’ भन्ने नाराका साथ राप्रपा लुम्बिनी प्रदेशको आयोजनामा आज बुटवलमा आमसभा हुन लागेको हो ।

राप्रपा लुम्बिनी प्रदेश अध्यक्ष प्रदीप कुमार उदयले सातवटै प्रदेशमा पार्टीले आयोजना गर्ने कार्यक्रम अन्तर्गत आज जनजागरणको रूपमा सभा गर्न लागिएको जानकारी दिए । उनका अनुसार सभामा पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, उपाध्यक्षद्वय विक्रम पाण्डे, ध्रवबहादुर प्रधान, महामन्त्री धवल शमसेर राणा, केन्द्रीय सल्लाहकार समितिका अध्यक्ष निरञ्जन थापा, प्रवक्ता ज्ञानेन्द्र शाही लगायतका नेताहरुले सम्बोधन गर्नेछन ।
ट्राफिकचोकमा गरिने सभामा लुम्बिनी प्रदेशका १२ वटा जिल्लाबाट पार्टीका नेता(कार्यकर्ता तथा आम नागरिकको सहभागीता हुने पार्टीले जनाएको छ । आमसभा आज दिउँसो १२ बजेदेखि सुरु हुनेछ ।
आमसभा पूर्व बुटवलको बसपार्क र आँखा अस्पतालबाट र्‍याली निकालिने छ । बसपार्कबाट निकालिने र्यालीको नेतृत्व अध्यक्ष राजेन्द्र लिङ्देन, उपाध्यक्षद्वय विक्रम पाण्डे, ध्रवबहादुर प्रधान र केन्द्रीय सल्लाहकार समितिका अध्यक्ष निरञ्जन थापाले नेतृत्व गर्नेछन् भने लायन्स आँखा अस्पतालबाट निकालिने र्‍यालीको नेतृत्व महामन्त्री धवल शमसेर राणा र प्रवक्ता ज्ञानेन्द्र शाहीले गर्नेछन् ।

देशमा वर्तमान अवस्थामा व्याप्त विसंगति, विकृति, भ्रष्टाचारको बारेमा तथा राप्रपाको भावी कार्यक्रमको बारेमा जानकारी दिने उद्देश्यले आमसभाको आयोजना गरिएको अध्यक्ष उदयले बताए ।