बारा, १६ फागुन । टिप्परको ठक्करबाट बाराको महागढिमाईमा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रौतहट बृन्दावन नगरपालिका १ बिश्रामपुरका बिशेष कुमार पटेल रहेकोे प्रहरीले जनाएको छ । महागढीमाई नगरपालिका ईनर्वा स्थित ईनर्वा चौकबाट तेलकुवा तर्फ जादै गरेको बी.आर ०१ एफके ९६४० नम्बरको भारतीय मोटरसाईकल र बिपरित दिशा बाट आउँदै गरेको ना.७ ख २९६६ नम्बरको टिप्पर एक आपसमा ठोकिएका हुन् ।
मोटरसाइकल चालक पटेलको उपचारको क्रममा प्रादेशिक अस्पताल कलैयामा मृत्यु भएको हो । दुर्घटनामा घाइते सुशान्त पटेल र शिव पुजन पटेलको बयोधा अस्पताल पर्सामा उपचार भइरहेको छ ।
टिप्पर चालकलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जनाएको छ ।


प्रतिक्रिया