मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनसेलको शेयर खरिद–बिक्री प्रक्रिया अघि नबढाउन अल्पकालीन अन्तरिम आदेश

एनसेलको शेयर खरिद–बिक्री प्रक्रिया अघि नबढाउन अल्पकालीन अन्तरिम आदेश

न्यूजस्टोरी

काठमाडौं, २१ मंसिर । उच्च अदालत पाटनले एनसेलको शेयर खरिद–बिक्री प्रक्रिया तत्काल अघि नबढाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश पुरुषोत्तमप्रसाद ढकालको एकल इजलासले आज बिहीवार खरिद–बिक्री भएका एनसेलका शेयरहरू मङ्सिर २५ गते सोमवारसम्म दर्ता किताबमा दर्ता नगर्नू \नगराउनू भनी कम्पनी रजिस्ट्रारको कार्यालयका नाममा अल्पकालीन अन्तरिम आदेश दिएको हो । अदालतले रिट निवेदक र विपक्षी दुवै पक्षलाई सोमवार छलफलका लागि बोलाएको छ ।

सरकारले एनसेलको शेयर खरिद–बिक्रीका सम्बन्धमा अध्ययन गर्न आजै ५ सदस्यीय उच्चस्तरीय समितिसमेत गठन गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले पूर्वमहालेखा परीक्षक टङ्कमणि शर्माको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको हो । समितिको सस्यहरूमा नेपाल सरकारका सचिव फणिन्द्र गौतम, सहसचिव बाबुराम भण्डारी, सहसचिव हृदयेशकुमार शाक्य, आईक्यानका अध्यक्ष सुजनकुमार काफ्ले हुनुहुन्छ । समितिलाई ३० दिनको कार्यवधि दिइएको छ ।