मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ढाकामा मनाइयो नेपाली सेना दिवस, बङ्गलादेशका प्रधानसेनापतिले गरे तारिफ 

ढाकामा मनाइयो नेपाली सेना दिवस, बङ्गलादेशका प्रधानसेनापतिले गरे तारिफ 

न्यूजस्टोरी

काठमाडौं । ढाकामा नेपाली सेना दिवस मनाइएको छ । बङ्गलादेशको राजधानीमा रहेको नेपाली दूतावासको आयोजनामा २६२ औं नेपाली सेना दिवसको अवसरमा एक कार्यक्रम आयोजना गरिएको हो ।

दूतावासले दिएको जानकारी अनुसार सेना दिवसले नेपाली सेनाले नेपाल र नेपालीको लागि गरेको समर्पण, निष्ठा र सेवाको स्मृतिको प्रतीक भएको राजदूत घनश्याम भण्डारीले बताएका थिए । राजदूत भण्डारीले नेपाल र बङ्गलादेशको सैन्य सहकार्यको पनि चर्चा गरेका थिए । कार्यक्रममा सैन्य सहचारी कर्नेल अञ्जन केशर खत्रीले नेपाली सेनाको योगदानको चर्चा गरेका थिए । नेपालको सामाजिक आर्थिक विकासमा सेनाको योगदान रहेको खत्रीले उल्लेख गरेका थिए ।

संयुक्त राष्ट्रसंघको शान्ति सेनामा नेपाली सेनाको योगदानले विश्व शान्तिमा साथ दिएको चर्चा खत्रीले कार्यक्रममा बोलेका थिए । कार्यक्रममा प्रमुख अतिथि बङ्गलादेशका प्रधानसेनापति वाकर उज जमान रहेका थिए । जमानले नेपाल र बङ्गलादेशको सैन्य सहकार्यले दुई देशको सम्बन्धमा महत्त्वपूर्ण योगदान दिएको भन्दै नेपाली सेनाले स्वदेश र विदेशमा राम्रा कामहरु गरेको बताए । सोमबार साँझ भएको कार्यक्रममा १७० भन्दा धेरै विभिन्न सरकारी निकाय, उच्च पदस्थ व्यक्तित्व तथा कूटनीतिक वृत्तका अनुहारहरूको उपस्थिति थियो ।