काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा माओवाद केन्द्रकी सांसद रेखा शर्माले पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजनीति गर्ने भए पार्टी खोलेर मैदानमा आउन आग्रह गरेकी छन् । आज (मंगलबार) प्रतिनिधि सभा बैठकमा पार्टीको तर्फबाट बोल्दै सांसद शर्माले सो कुरा बताएकी हुन् ।
सांसद शर्माले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानले पार्टी खोलेर चुनावमा भाग लिएर शासन सत्तामा पुग्ने अधिकार सबैलाई दिएको बताइन् । सांसद शर्माले भनिन्, ‘पूर्वराजलाई भन्न चाहन्छु– राजनीतिमा आउने हो भने पार्टी खोल्ने, पार्टी दर्ता गर्ने हो । राजनीतिमा आएर प्रधानमन्त्री बन्ने हो ।’
संविधान निरंकुश नरहेको ख्याल गर्न पूर्वराजालाई उनको सन्देश छ । प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा यही फागुन ६ गते पूर्वराजा ज्ञानेन्द्रले शुभकामना दिनेक्रममा आफूहरूले शासन सत्ता छोड्नुलाई त्यागको रूपमा व्याख्या गरेका थिए। राजगद्दी त्यागेको विषयलाई कमजोरी नठान्न राजनीतिक दलहरुलाई उनले चेतावनी नै दिएका थिए ।


प्रतिक्रिया