मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काठमाडौँबाट रामेछाप जाँदै गरेको बस धुलिखेलमा दुर्घटना, २४ जना घाइते

काठमाडौँबाट रामेछाप जाँदै गरेको बस धुलिखेलमा दुर्घटना, २४ जना घाइते

न्यूजस्टोरी

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका-१० सारादा बतासेस्थित बीपी राजमार्गमा यात्रुबाहक बस दुर्घटना हुँदा २४जना घाइते भएका छन्। काठमाडौंबाट रामेछापतर्फ गइरहेको बागमती प्रदेश-३-०१-००५ ख ९९४२ नम्बरको बस बिहान करिब ८:२० बजे अनियन्त्रित भएर सडकको नालीमा पल्टिएको थियो । बसमा सवार चालक र सह-चालक गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते सबैलाई तत्काल उपचारका लागि धुलिखेल अस्पताल लगिएको छ। घटनापछि अस्थायी प्रहरी पोस्ट काभ्रेभञ्ञ्याङबाट प्रहरी निरीक्षक हरि बहादुर काफ्लेको नेतृत्वमा चार जना ट्राफिक प्रहरीसहितको टोली परिचालन गरिएको छ।

दुर्घटनास्थल काभ्रेभञ्ञ्याङबाट करिब ४ किलोमिटर पश्चिम पर्छ।