मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जन्म दिनको केक खुवाउँदै सुरु भयो ‘केपी ओली कप’ (तस्वीरहरु)

जन्म दिनको केक खुवाउँदै सुरु भयो ‘केपी ओली कप’ (तस्वीरहरु)

न्यूजस्टोरी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार केपी ओली फुटबल प्रतियोगिताको उदघाटनका क्रममा जन्मदिन मनाएका छन् । प्रतियोगिताको उदघाटनमा पत्नी राधिका शाक्यसहित उपस्थित भएका प्रधानमन्त्री ओलीले केक काटेर जन्मदिन मनाएका हुन् । सहभागी अन्य अतिथिले पनि ओलीलाई शुभकामना दिएका छन् ।

उदघाटन समारोहमा वरिष्ठ हाँस्य कलाकार हरिवंश आचार्य, गायक बद्री पंगेनी, महेश काफ्ले, अस्मिता अधिकारी, समीक्षा अधिकारी लगायतका कलाकारको समेत उपस्थित छ । कलाकारहरूले सांगीतिक प्रस्तुति समेत दिएका छन् ।
प्रतियोगितामा ६ ‘ए’ डिभिजन टोली, दुई विदेशी र एक आयोजक गरी ९ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

 राष्ट्रिय युवा संघ नेपालको आयोजनामा हुने प्रतियोगिताका प्रतिस्पर्धी अन्य टोलीमा संकटा, मछिन्द्र क्लब र भुटानको ट्रान्सपोर्ट युनाइटेड छन् । विजेताले १५ लाख ११ हजार १ सय ११ र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कारसहित ट्रफी जित्नेछ । प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई १ लाख, उच्च गोलकर्ता, उत्कृष्ट गोलरक्षक, उदीयमान खेलाडीलाई ५० हजारले पुरस्कृत गर्ने आयोजक संघका अध्यक्ष एवं प्रतियोगिता संयोजक क्षितिज थेबेले जानकारी गराए । हरेक प्लेयर अफ द म्याचले १५ हजार पाउने छन् ।