बारा, १० फागुन। जिल्ला प्रहरी कार्यालय बाराको प्रमुखमा प्रहरी उपरीक्षक (एसपी) सन्तोष तामाङ्ग प्रमुखको जिम्मेवारी सम्हाले लगतै अपराधका घटनामा कमि आएका छन् । बारा जिल्लाको कमाण्ड सम्हाल्दै गर्दा एसपी तामाङ्गले जिल्लामा हुने हरेक आपराधीक कार्यमा कसैको दबाब र प्रभावमा नरही शुन्य शहनशीलतामा काम गर्ने बताउनुभएको थियो । जनताले प्रत्यक्ष अनुभुती गर्ने गरि आफुले आम नागरिकसंग जिल्ला प्रहरी प्रमुख तथा सुरक्षाका निम्ति जनतासंग प्रहरी भन्ने एक कार्यकम समेत छिट्टै सार्वजनिक गरि कार्यन्यनमा ल्याउने बताउनुभएको छ । उहाँले कमाण्ड सम्हाले लगतै ४ लाख ८० हजार बरावरको अवैध घरेलु मदिरा र बारा जिल्लको महागढीमाई नगरपालिका स्थित रामटोलका तीनवटा भट्टी गरि जिल्लाका विभिन्न स्थानमा रहेमा पाँचवटा मदिरा बनाउने भट्टी नष्ट गरिएको छ ।
प्रहरी निरिक्षक दिलिप कुमार थापाको नेतृत्वमा खटिएको प्रहरी टोलीले जिल्लाको विभिन्न स्थानमा पुगेर अवैध मदिरा नष्ट गरेका हो ।


प्रतिक्रिया