मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हमासले आज ६ जना इजरायली बन्दी रिहा गर्दै

हमासले आज ६ जना इजरायली बन्दी रिहा गर्दै

न्यूजस्टोरी

हमास लडाकू समूहले आज थप ६ जना इजरायली बन्धक रिहा गर्ने भएको छ । हमासले मुक्त गर्न लागेकाहरुमा एलियाह माइमोन, यित्झाक कोहेन, उमर शेम टोव, ओमेर फिन्कर्ट, तल शोहम, एभेरा मेंगिस्तु र हिशाम अल–सैयद रहेका छन् ।

उनीहरूमध्ये ४ जना इजरायलबाट सन् २०२३ अक्टोबर ७ तारिखमा लगेका रहेका छन् । अरु दुई जना सन् २०१४ र २०१५ मा बन्धक बनाइएका रहेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । बदलामा इजरायलले ६ सय २ जना प्यालेस्टिनी बन्दीलाई रिहा गर्ने तयारी गरेको छ ।

हमास र इजरायलबीच गएको जनवरी १९ तारिखमा युद्धविराम सम्झौता लागू भएपछि चरणबद्धरुपमा बन्धक र कैदीबन्धी आदानप्रदान हुँदै आएको छ ।