मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रुस–युक्रेन युद्ध अन्त्यका लागि साउदी अरबले पहल गर्ने

रुस–युक्रेन युद्ध अन्त्यका लागि साउदी अरबले पहल गर्ने

न्यूजस्टोरी

रुस–युक्रेन युद्ध अन्त्य तथा शान्ति वार्ताका लागि साउदी अरबले पहल गर्ने भएको छ । अमेरिकी अधिकारीहरुले छिट्टै वरिष्ठ अधिकारीहरु रुसी र युक्रेनी वार्ताकारसँग भेट गर्न साउदी अरब पुग्ने पुष्टि गरेका छन् ।

यसअघि इजरायल र प्यालेस्टिनी लडाकु समूहबीच गाजा युद्धविरामको लागि पनि साउदी अरबले मध्यस्तता गरेको थियो । यसैबीच युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी उपराष्ट्रपतिसँगको भेटमा आफूले युक्रेनको ‘सुरक्षा ग्यारेन्टी’ मागेको बताउनुभएको छ ।

रुससँग युद्धविराम सम्झौताका लागि ट्रम्प प्रशासनको प्रयासबारे छलफल गर्ने क्रममा युक्रेनी राष्ट्रपति जेलेन्स्कीले युक्रेनको ‘सुरक्षा ग्यारेन्टी’ मागेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । अमेरिकी उपराष्ट्रपति भान्ससमेत सहभागी म्युनिख सुरक्षा सम्मेलनमा जेलेन्स्कीले तीन वर्षे युक्रेन युद्धलाई समाप्त गर्ने प्रयासमा किनारा नलगाइयोस् भनेर सुनिश्चित गर्न आवश्यकता रहेको बताउनुभएको छ ।