मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पोखरा भ्रमण वर्ष उद्घाटनमा बेलुन पड्किएर अर्थमन्त्री पौडेल र मेयर आचार्य घाइते

पोखरा भ्रमण वर्ष उद्घाटनमा बेलुन पड्किएर अर्थमन्त्री पौडेल र मेयर आचार्य घाइते

न्यूजस्टोरी

पोखरा, ३ फागुन। पोखरा भ्रमण वर्षको उद्घाटनको क्रममा बेलुनको झुप्पा पडकिएर अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखराका मेयर धनराज आचार्य घाइते भएका छन् ।

पोखरा भ्रमण वर्ष २०२५ को ‌ उद्घाटन गर्ने क्रममा बेलुन पड्किएको हो ।
भ्रमण वर्षको उद्घाटन गर्ने क्रममा पानसमा बत्ति बाल्ने क्रममा बेलुन आगोमा परेर बेलुन पड्किँदा अर्थमन्त्री पौडेल र मेयर आर्चाय घाइते भएको जनाइएको छ । अर्थमन्त्री पौडेल तत्कालै भागेर मञ्चमा पुगेका थिए । उनी सामान्य घाइते भएका छन् । उनको कोट अंगरक्षकले तत्कालै झिकेर टक्टकाइदिएका थिए ।
दुवै जनालाई उपचारको लागि अस्पताल लगिएको छ ।