मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बबरमहलमा फुटेको पाइप मर्मत सकियो, पानी पठाएर परीक्षण गरिंदै

बबरमहलमा फुटेको पाइप मर्मत सकियो, पानी पठाएर परीक्षण गरिंदै

न्यूजस्टोरी

काठमाडौं । काठमाडौं बबरमहलमा बुधबार दिउँसो विद्युत प्राधिकरणले भूमिगत विद्युतीकरणको काम गर्ने क्रममा फुटेको मेलम्ची खानेपानी आयोजनाको पाइप मर्मत सकिएको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले बबरमहल क्षेत्रको चुहावट मर्मत भइसकेको जनाएको छ ।

केयुकेएलका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अशोककुमार पौडेलले बबरमहल क्षेत्रमा फुटेको पाइप फेरेर अहिले पानी परीक्षण भइरहेको र बिहीबार रातिदेखि नै पानी आपूर्ति हुने जानकारी दिएको छ । बुधबार दिउँसो साढे दुई बजे मेलम्ची खानेपानीको थोक वितरणतर्फको ५०० एमएमको पाइप फुट्दा बबरमहल क्षेत्रमा बाढी नै आएको थियो । व

न विभाग, जिल्ला र विशेष अदालत परिसर जलमग्न बनेको थियो । बबरमहल क्षेत्रका केही स्थानीयको घरसमेत डुबानमा परेका थिए । काठमाडौं जिल्ला अदालतको सुनुवाइ नै प्रभावित भएको थियो । केयुकेएलका सीइओ पौडेलले क्षतिको आंकलन भई नसकेको बताए । ‘काठमाडौंको मुख्य स्थानको खानेपानी वितरण र सडकको आवागमन नै प्रभावित भएपछि हाम्रा संरचनाको मर्मतमै ध्यान केन्द्रित गर्‍यौं । २४ घण्टाभित्रैमा मर्मत गरेर पानी परीक्षण गरिरहेका छौं,’ उनले भने ।

केयुकेएलले विद्युत प्राधिकरणको लापरवाहीका कारण बबरमहल क्षेत्रमा थोक वितरणतर्फको पाइपमा प्वाल परेको बताएको छ । प्राधिकरणले त्यहाँ तार भूमिगत गर्न ड्रिल (सडक प्वाल पारेर तार बिछ्याउने) काम गरिरहेको छ । काठमाडौं महानगरले पनि फुटपाथ बनाइरहेको छ । दुवै निकायले सडक विभागसँग अनुमति लिएर काम थालेका थिए। सडक ड्रिल गर्दा पाइप फुटेकाले अचानक खोला बगेको केयुकेएलले बताएको छ ।