मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नक्कली भुटानी शरणार्थी प्रकरण :  टेकनारायण पाण्डेको रिटमा सुनुवाइ जारी

नक्कली भुटानी शरणार्थी प्रकरण :  टेकनारायण पाण्डेको रिटमा सुनुवाइ जारी

न्यूजस्टोरी

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका तत्कालीन सचिव टेकनारायण पाण्डेको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतमा सुनुवाइ चलिरहेको छ । न्यायाधीश सपना मल्ल प्रधान र विनोद शर्माको संयुक्त इजलासमा सुनुवाइ भइरहेको हो ।

आफ्ना पतिलाई गैरकानुनी रुपमा थुनामा राखेको भन्दै पाण्डेकी श्रीमती मञ्जु पाण्डेले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी हुन् । यसअघि सो रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको थियो ।

न्यायाधीश डा.कुमार चुडालको इजलासले पाण्डेलाई थुनामा राख्नुको कारण सोधेको थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यलय, गृह मन्त्रालय,काठमाडौं जिल्ला अदालत ,महान्यायाधिवक्ताको कार्यालय, काठमाडौँ जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौँ जिल्ला प्रहरी परिसर र सर्वोच्च अदालतलाई रिटमा विपक्षी बनाइएको छ ।नक्कली भुटानी शरणार्थी प्रकरणमा पाण्डे गत बैशाख २० गते पक्राउ परेका थिए ।

नक्कली शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडौंले बालकृष्ण खाँण, टोपबहादुर रायमाझी तथा सचिव पाण्डेसहित १६ जनालाई पुर्पक्षका लागि जेल चलान गर्ने आदेश गरेको थियो । जिल्ला अदालतको उक्त आदेशविरुद्ध खाँणसहित १६ जना उच्च अदालत पाटन पुगेका थिए । पछि खाँण उच्च अदालतको आदेशमा ३० लाख धरौटी बुझाएर रिहा भएका थिए । पाण्डेसहित अन्यलाई भने कारागारमै पठाएको थियो ।