मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अनलाइन जुवा खेलाएको आरोपमा २३ जना भारतीय पक्राउ

अनलाइन जुवा खेलाएको आरोपमा २३ जना भारतीय पक्राउ

न्यूजस्टोरी

काठमाडौँ, २८ माघ । बूढानीलकण्ठ नगरपालिका–३ स्थित एक घरमा अनलाइन जुवा खेलाएको आरोपमा प्रहरीले २३ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक अपीलराज बोहराले हिजो रातिदेखि आज बिहानसम्म गरिएको अपरेशनमा २३ जनालाई पक्राउ गरी उनीहरूसँग रहेका ८८ मोबाइल, १० ल्यापटप र रु ८१ हजार नगद बरामद गरिएको जानकारी दिए ।
स्थानीय दोर्जी लामाको दुई तले घरमा अनलाइन जुवा सञ्चालन गरिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको हो । उनीहरूलाई सट्टेबाजी गर्न नहुने कसुरअन्तर्गत म्याद लिएर अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।