मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कृषि बालीमा धेरै विषादीको प्रयोग नगर्न कृषिमन्त्रीको आग्रह

कृषि बालीमा धेरै विषादीको प्रयोग नगर्न कृषिमन्त्रीको आग्रह

न्यूजस्टोरी

नवलपरासी, २६ माघ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि बालीमा धेरै विषादी प्रयोग नगर्न किसानलाई आग्रह गर्नुभएको छ ।

आज बिहान नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती –१५ गोडारमा सामूहिक प्याजखेतीको अवलोकन गर्दै कृषि मन्त्री अधिकारीले धेरै विषादी प्रयोग गर्दा आफू र उपभोक्ता पनि रोगको जोखिममा पर्ने बताउनुभयो ।

आफैँले प्रयोग गरेको विषादीबाट आफैँ रोगी हुनुबाट जोगिन उहाँको आग्रह छ । धेरै आम्दानी, एकै पटक आम्दानी र छिट्टै कमाउने लोभमा आवश्यकताभन्दा धेरै विषादी प्रयोग गर्दा समस्या आएको मन्त्री अधिकारीले बताउनुभयो ।

विषादी नियन्त्रणका लागि कृषि मन्त्रालयले अभियान नै सञ्चालन गर्न लागेको पनि उहाँले बताउनुभएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ नवलपुरले व्यावसायिक प्याजखेतीका लागि कार्यक्रम सञ्चालन गरेपछि यसवर्ष नवलपरासी ९बर्दघाट सुस्तापूर्व०मा २५ वटा समूह व्यावसायिक प्याजखेतीमा जुटेका छन् ।

परियोजना कार्यान्वयन एकाइ नवलपुरका प्रमुख सुनिलकुमार सिंहका अनुसार जिल्लामा २० बिघा जमिनमा प्याजखेती गरिएको छ ।