मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल प्रहरीका ७५ जना इन्सपेक्टर डीएसपीमा बढुवा

नेपाल प्रहरीका ७५ जना इन्सपेक्टर डीएसपीमा बढुवा

न्यूजस्टोरी

काठमाडौं, २६ माघ । नेपाल प्रहरीका ७५ जना प्रहरी निरीक्षकहरू (इन्सपेक्टर) प्रहरी नायव उपरीक्षक (डीएसपी)मा बढुवा सिफारिस भएका छन् ।

हिजो शुक्रबार बसेको बढुवा समितिको बैठकको निर्णयअनुसार उनीहरूलाई सोही समूहतर्फको प्रहरी नायव उपरीक्षक पदमा बढुवाका लागि सिफारिस गरिएको बढुवा समितिका सदस्यसचिवसमेत रहेका प्रहरी अतिरिक्त महानिरीक्षक दुर्गा सिंहले जानकारी दिए ।