मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रवि लामिछानेलाई न्यायाधीशले पठाए न्यायिक हिरासत

रवि लामिछानेलाई न्यायाधीशले पठाए न्यायिक हिरासत

न्यूजस्टोरी

चितवन, २३ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको थुनछेक मुद्दामा सरकारी वकिलको बहस सकिएको छ। बहस नसकिएपछि न्यायाधीशले लामिछानेलाई न्यायिक हिरासतमा पठाएका छन् ।

अभियोजनपक्षको तर्फबाट आज जिल्ला न्यायाधिवक्ता रवि न्यौपाने, सहायक जिल्ला न्यायाधिवक्ता अमृत सुवेदी र बुद्धबहादुर थापाले बहस गरेका छन् ।
सहकारी पीडित र प्रतिवादीको तर्फबाट बहस हुन बाँकी रहेका कारण मुद्दालाई न्यायाधीशले हेर्दाहेर्दैमा राखेका छन् । अब भोलि पुनः थुनछेक बहस जारी रहनेछ ।
जिल्ला न्यायाधीश दयाराम ढकालको इजलासमा बयान सकिएपछि आजै थुनछेक बहस भएको हो ।