मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रौतहटमा सरस्वतीको मूर्ति सेलाउँदा डुबेर बेपत्ता भएका एक जनाको शव फेला

रौतहटमा सरस्वतीको मूर्ति सेलाउँदा डुबेर बेपत्ता भएका एक जनाको शव फेला

न्यूजस्टोरी

काठमाण्डौ । रौतहटको राजदेवी नगरपालिका–६ बाग्मती नदीमा सरस्वतीको मूर्ति विसर्जन गर्ने क्रममा डुबेर बेपत्ता भएका एक जनाको शव फेला परेको छ । २२ वर्षका सुरज यादव हिजो बेलुका नदीमा डुबेर बेपत्ता भएका थिए ।

मूर्ति सेलाएको ठाउँबाट एक सय मिटर दक्षिण बाग्मती नदीमा डुबेको अवस्थामा सुरजको शव आज बिहान फेला पारेको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी विक्रम हुमागाईंले जानकारी दिनुभयो ।