मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुनको मूल्य २२ सय रुपैयाँले बढ्यो

सुनको मूल्य २२ सय रुपैयाँले बढ्यो

न्यूजस्टोरी

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला एकैदिन २२ सय रुपैयाँ बढेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुन एक लाख ६६ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार सुन प्रतितोला एक लाख ६४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी प्रतितोला ४५ रुपैयाँ बढेर एक हजार ९७५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला एक हजार ९३० रुपैयाँमा कारोबार भएको थियो ।