मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जाजरकोटमा ‘ब्रेकफेल’ भएर टिप्पर भित्तामा ठोक्कियो, एक जनाको मृत्यु

जाजरकोटमा ‘ब्रेकफेल’ भएर टिप्पर भित्तामा ठोक्कियो, एक जनाको मृत्यु

न्यूजस्टोरी

जाजरकोट । जाजरकोटमा मंगलबार बिहान भएको टिपर दुर्घटनामा घाइते भएकामध्ये एक जनाको मृत्यु भएको छ। मध्यपहाडी लोकमार्गका जाजरकोट खण्डस्थित छेडागाड नगरपालिका–११ मा भे १ प १०५५ नम्बरको टिपर दुर्घटना भएको थियो।

मृत्यु हुनेमा दाङको तुल्सीपुर नगरपालिका–३ का ४० वर्षीय हरिप्रसाद भट्टराई रहेका छन्। जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी प्रहरी निरीक्षक दिनेश तिमिल्सेनाका अनुसार छेडागाड नगरपालिकाको नगर अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो।

दुर्घटनामा परी चालक सुर्खेतको वीरेन्द्रनगर–१ का २५ वर्षीय सन्तोष सुनार र सहचालक दैलेखको नारायण नगरपालिका–८ का १८ वर्षीय सुजन रावल घाइते भएको तिमिल्सेनाले जानकारी दिए।