मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

महोत्तरीमा महिलाको विभत्स हत्या, खेतमा भेटियो शव

महोत्तरीमा महिलाको विभत्स हत्या, खेतमा भेटियो शव

न्यूजस्टोरी

महोत्तरी । महोत्तरीमा एक महिलाको विभत्स हत्या भएको छ । महोत्तरीको गौशाला नगरपालिका–८ का अभिषेक यादवकी श्रीमती १९ वर्षीया खुश्बु यादवको धारिलो हतियार प्रहार गरेर हत्या भएको हो ।

हत्या भएको अवस्थामा खुश्बुको शव गौशाला नगरपालिका– ५ मा विद्युत् प्राधिकरण कार्यालयको ५ सय मिटर उत्तर खेतमा फेला परेको महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी सन्तुलाल जैसवारले जानकारी दिए । राति घरबाट निस्केकी खुश्बुको शव आज बिहान धारिलो हतियार प्रहार गरी हत्या भएको अवस्थामा फेला परेको हो । घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।